Monday, March 25, 2019

गाविस सचिवसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, ११ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको साबिक सिमा गाविसका सचिवसहित चार जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सीमा गाविसको सामुदायिक भवन निर्माणका क्रममा गाविस सचिव दीपकबहादुर सिंहसहितले २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्यितारले जनाएको छ ।
भ्रष्टाचारको मुद्दा दायर गरिएकामा गाविस सचिव सिंहका अतिरिक्त सब–इञ्जिनीयर नरबहादुर नेपाली, सामाजिक परिचालक भीमबहादुर राना र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष दिल्लीदेवी बाँठो छन् । अख्तियारको अभियोगपत्रमा उक्त भवन निर्माण कार्य सम्झौता एवं लागत अनुमानबमोजिम सम्पन्न नभएको अवस्थामा नै मापदण्डविपरीत गरिएको निर्माण कार्यलाई सही भनी प्रमाणित गरेर उनीहरूले झुठो बिल भर्पाई बनाई भ्रष्टाचार गरेको उल्लेख छ । उनीहरूमाथि २ लाख ३३ हजार ४ सय ४८ रुपैयाँ बिगो कायम गरी जरिवाना र जेलसजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।

No comments:

Post a Comment