Tuesday, March 12, 2019

८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २७ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३५ लाख रुपैयाँ बराबरको घरजग्गा ३ लाखमै पास गराएर अनियमितता गरेको अभियोगमा ५ जनाविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, पर्साका मालपोत अधिकृत पदमप्रसाद अर्याल, नासु दयाराम खत्री, नासु लेखनाथ भट्टराई र बिक्रीकर्ता शारदा देउजा र जग्गा खरिदकर्ता कौशलकिशोर श्रीवास्तवविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
३५ लाख रुपैया“भन्दा बढीको घरजग्गासमेत किनबेच हुँदा ३ लाखमा जग्गा मात्र खरिदबिक्री भएको किर्ते कागज गरी अनियमितता गरेको देखिएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडका वरिष्ठ अधिकृत (सातौं तह) मित्रलाल पौडेलविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । पौडेलले विहार विद्यालय परीक्षा समिति, पटना, भारतबाट प्राप्त इन्टरमिडियट तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको प्रमाणित भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, राजविराज, सप्तरीका नायब सुब्बा रामनारायण शर्मा र कम्प्युटर अपरेटर राजेशकुमार साहविरुद्ध मुद्दा पनि दायर गरेको छ ।
जग्गाको बाँडफाँट भई स्रेस्ता कायम गरी जग्गा धनीपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग ३ हजार रुपैयाँ घूस लिएको प्रमाणित भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।




No comments:

Post a Comment