Thursday, March 21, 2019

परराष्ट्रमन्त्री बुधबार अर्जेन्टिना जाँदै

काठमाडौं, ५ चैत– परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बुधबार अर्जेन्टिना प्रस्थान गर्दैछन् । उनी चैत ६ देखि ८ सम्म अर्जेन्टिनाको राजधानी ब्युनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसंघीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिन त्यसतर्फ जान लागेका हुन् ।
सम्मेलनमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवं दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ ।
ज्ञवालीले संयुक्त राष्ट्रसंघीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (यूएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना हुने छलफलमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने कार्यक्रमसमेत छ । ज्ञवाली चैत ९ मा स्वदेश फर्कने कार्यक्रम छ ।


No comments:

Post a Comment