Thursday, March 21, 2019

दुई नक्कली प्रमाणधारीविरुद्ध मुद्दा

काठमाडौं, ६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर अञ्चल अस्पताल, धनुषामा कार्यरत आयुर्वेद अधिकृत मिथिलेशकुमार यादवविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
यादव नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सेवामा बहाल रहेको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले सुलीचौर नगर विकास समिति रोल्पाका अध्यक्ष प्रकाश घर्तीमगरविरुद्ध समेत मुद्दा दायर गरेको छ । घर्ती नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सार्वजनिक पदमा बहाल रहेको पाइएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment