Saturday, March 23, 2019

स्विटजरल्यान्डद्वारा १५ अर्ब सहयोगको घोषणा

काठमाडौं, ८ चैत– स्विटजरल्यान्ड सरकारले नेपालको सामाजिक–आर्थिक विकासका लागि १४ अर्ब ७० करोड रुपैयाँ सहयोग गर्ने गर्ने घोषणा गरेको छ ।
स्विटजरल्यान्डले समावेशी संघीय राज्य निर्माण, रोजगारी तथा आय प्रवद्र्धन, सुरक्षित आप्रवासन, लैंगिक समानता, सामाजिक समावेशिता, विपद जोखिम घटाउनेलगायत कार्यक्रम सञ्चालन गर्न उक्त सहयोग गर्ने घोषणा गरेको हो ।
स्विस विकास सहयोग नियोग (एसडीसी) का महानिर्देशक म्यानुएल सागरले शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमका क्रममा सञ्चारकर्मीसित कुरा गर्दै सन् २०१८–२०२१ का निम्ति आफ्नो देशले उक्त रकम नेपाललाई सहयोग गर्न लागिएको जानकारी दिए ।
महानिर्देशक म्यानुएल सागरएसडीसी नेपालको विकास प्रयासमा साझेदारी गरेको ६० औं वर्ष प्रवेशका सन्दर्भमा नेपालको औपचारिक भ्रमणमा छन् ।
‘विकासको मूल प्रवाहमा समाहित नभएका तथा पिछडिएका महिला वर्गको आर्थिक–सामाजिक विकास र उद्यमशीलता प्रवद्र्धनमा हाम्रो सहयोग केन्द्रित रहने छ’ उनले भने । पा“चदिने भ्रमणका क्रममा उनले अर्थमन्त्री, परराष्ट्र सचिव, नेपालको विकासका साझेदारलगायत नेपाली वरिष्ठ अधिकारीसित भेटवार्तासमेत गरेका छन् ।

No comments:

Post a Comment