Sunday, March 3, 2019

विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति

काठमाडौं, १८ फागुन– पूर्वराष्ट्रपति डा रामवरण यादवले मुलुकका लागि विश्वसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षाको आवश्यकता रहेको बताएका छन् ।
राजधानीको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले युग अनुसारको शिक्षाको विकासका लागि राजनीतिक नेतृत्वले विद्वानहरूसँग छलफल गरेर सुधारका काम अघि बढाउनुपर्ने बताए ।
‘विश्वका धेरै मुलुक शिक्षाका कारण विकसित भएका छन्, नेपालको शिक्षालाई पनि विश्वमै प्रतिस्पर्धी बनाउनु आवश्यक छ’ उनले भने ।
उनले शिक्षकले विद्यार्थीलाई रोबोट बनाएका छन् कि मान्छे भनी प्रश्न उठन थालेको उल्लेख गर्दै मुलुकको भूगोल र सामाजिक विविधता बुझ्ने शिक्षा प्रदान गर्नु आवश्यक रहेको बताए । सरकारले मधेश र पहाड मिलाएर गएमात्र मुलुकको विकास हुने उनले बताए ।
प्रदेश नं–३ का प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले सामुदायिक विद्यालयहरूको स्थिति राम्रो नरहेको उल्लेख गर्दै तत्काल सुधार ल्याउनुपर्ने बताए ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वमन्त्री होमनाथ दाहालले सरकारले सामुदायिक विद्यालयलाई विशेष सहयोग गर्नुपर्ने बताए ।

No comments:

Post a Comment