Tuesday, March 12, 2019

राष्ट्रपति न्युयोर्क प्रस्थान

काठमाडौं, २६ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्लू) को ६३ औं अधिवेशनमा सहभागी हुन आइतबार सा“झ अमेरिकाको न्युयोर्क प्रस्थान गरेकी छन् ।
राष्ट्रसंघको प्रधान कार्यालयमा फागुन २७ देखि आगामी चैत ८ सम्म हुने अधिवेशनमा उनले फागुन २८ गते हुने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । राष्ट्रपतिले महिला नेत्रीले ‘विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा मन्तव्य दिने कार्यक्रम छ ।
उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सरकारी वरिष्ठ अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका थिए । राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभासहितका उच्च अधिकारी सामेल छन् । राष्ट्रपति भण्डारीले आफू स्वदेश बाहिर रहने समयावधिभर आफ्नो जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई तोकेकी छन् ।भण्डारीले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।


No comments:

Post a Comment