Sunday, March 3, 2019

ठेकेदारको लापर्बाहीले दार्चुलामा दुर्घटना : सांसदहरू

काठमाडौं, १८ फागुन– सांसदहरूले सरकारी निकाय र निर्माण व्यवसायीले सडकको निर्माण र स्तरोन्नतिमा ध्यान दिन नसक्दा मुलुकमा दिनहुँजसो नै गाडी दुर्घटना भइरहेको आवाज उठाउ“दै यसमा गम्भीर हुन सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकमा विशेष समय लिएर बोल्दै उनीहरूले सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम स्तरीय र प्रभावकारी हुन नसक्दा दैनिकजसो नेपाली नागरिकले दुर्घटनामा परी अकालमा ज्यान गुमाउनु परेको उल्लेख गर्दै तत्काल सुधारको काम थाल्न र गैरजिम्मेवारी निर्माण व्यवसायी र सडकका अधिकारीलाई कारबाही गर्न माग गरे ।
उनीहरूले शुक्रबार दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको र एक जना गम्भीर घाइतेको उपचार भइरहेको सदनलाई जानकारी गराउ“दै सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायी र सरकारी अधिकारीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गरे ।
सांसद दिलेन्द्रप्रसाद बडुले आफ्नो गृह जिल्ला दार्चुलामा सडक निर्माणमा ठेकेदार र सरकारी अधिकारीले नै लापर्बाही गरेको र त्यही कारण दुर्घटना भएको उल्लेख गर्दै तिनलाई कडा कारबाही गर्न माग गरे । उनले आफूले पटकपटक उक्त सडक निर्माणमा लापर्बाही भएकोतर्फ सदन र सरकारको ध्यानाकर्षण गराए पनि कही“कतैबाट सुनुवाइ नभएको गुनासो गरे ।
दार्चुलाका सांसद गणेशसिंह ठगुन्नाले निर्माण व्यवसायीको लापर्बाहीका कारण स्थानीयबासीले कष्टकर रूपमा यात्रा गर्न बाध्य हुनु परेको उल्लेख गर्दै समस्या समाधान गर्न माग गरे  । उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न र सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन माग गरे ।
 महाकाली लोकमार्गअन्तर्गतको दार्चुला–टिंकर सडक खण्ड वि.सं २०६४ देखि निर्माण सुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन ।  सांसद बडुले आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट उक्त सडक खण्डको निर्माण भइरहेको र चालू आवको बजेट कहिले प्राप्त हुने भन्ने अन्यौल रहेको बताए । उनले सडक निर्माणमा देखिएको समस्या समाधान गरी दुर्घटनारहित बनाउन र दोषी देखिएका जो कोहीलाई पनि कानुनी कारबाही गर्न माग गरे ।

No comments:

Post a Comment