Saturday, March 30, 2019

झूटो मुद्दा फिर्ता लिन कांग्रेसको आग्रह

काठमाडौं, १३ चैत– प्रमुख प्रतिपक्षी कांग्रेसले रुकुम (पूर्व) को भूमे गाउ“पालिका निवासी कांग्रेस महाधिवेशन प्रतिनिधि एवं त्रिभुवन जनता मावि, मुसिकोटका व्यवस्थापन समिति सदस्य नन्दबहादुर विष्टविरुद्ध सरकारले झूटा मुद्दा लगाएको भन्दै आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खा“डद्वारा बुधबार जारी वक्तव्यमा राजनीतिक प्रतिशोध राखी सरकारले विष्टविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर’ मुद्दा लगाएको प्रति पार्टीकोे ध्यानाकर्षण भएको उल्लेख गर्दै तत्काल फिर्ता लिन माग गरेको छ ।
‘यस्ता प्रतिशोधप्रेरित झूटा मुद्दा लगाई कार्यकर्ता, नेता तथा सर्वसाधारणलाई दुःख दिने कार्यले लोकतन्त्रको मर्म तथा भावनालाई समेत चोट पु¥याउने कार्य भएको छ । सरकारले कानुनी शासनको उपहास गरेको छ । तसर्थ उहा“माथि लागाइएको झूटा मुद्दा अविलम्ब खारेज गरी नेपालको संविधानले प्रदत्त गरेको मौलिक हकको संरक्षण गर्नसमेत आग्रह गर्छु,’ विज्ञप्तिमा उल्लेख छ ।



No comments:

Post a Comment