Saturday, March 30, 2019

करौडौंको ठगी गरेका गुरुङ बैंककमा पक्राउ

काठमाडौं, १४ चैत– वैदेशिक रोजगारीमा पठाइदिने भन्दै करोडौं ठगेर फरार परशुराम गुरुङ बुधबार थाइल्यान्डमा पक्राउ परेका छन् ।बैंककस्थित नेपाली दूतावास र नेपाल प्रहरीको सहयोगमा थाइल्यान्ड प्रहरीले गुरुङलाई पक्राउ गरेको हो ।
उनले क्यानडा, अस्ट्रेलिया, अमेरिका, कोरिया, मकाउलगायत देश पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिबाट करोडौं रुपैयाँ ठगी गरेको भन्दै नेपाली दूतावासमा उजुरी परेको थियो । नेपाल प्रहरीले गुरुङविरुद्ध इन्टरपोलमार्फत पक्राउ पुर्जीसमेत जारी गरेको थियो ।
थाई प्रहरीले गुरुङलाई नेपाली दूतावासका प्रतिनिधिको उपस्थितिमा बैंककमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दूतावासका अनुसार थाइल्यान्डमा बिनाप्रवेशाज्ञा बसेको अपराधमा समेत त्यहा“को प्रहरीले गुरुङमाथि अनुसन्धान अघि बढाइरहेको छ ।
नेपाल र थाइल्यान्डको वर्तमान कानुन तथा पारस्परिक सहयोगका आधारमा उनीमाथि कारबाही अघि बढाइने विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment