Thursday, March 7, 2019

अधिकारीको निधनमा शोक प्रस्ताव पारित

काठमाडौं, २१ फागुन– संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्टियसभाको बुधबार बसेको बैठकले पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधनमा शोक प्रस्ताव पारित गरेका छन् ।
उनी २०४८, २०५१ र २०५६ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा मोरङ जिल्लाबाट निर्वाचित भएका थिए । २०६३ को पुनःस्थापित प्रतिनिधिसभामा समेत अधिकारी सदस्य थिए ।
प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभामा अध्यक्ष गणेश तिमिल्सिनाले प्रस्तुत गरेको शोक प्रस्ताव दुवै सदनका बैठकबाट सर्वसम्मतिबाट पारित भएको हो ।
 दुवै सदनले अधिकारीले राज्यका लागि पु¥याएको योगदानको उच्च सम्मान गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । अधिकारीको उपचारका क्रममा फागुन १८ गते निधन भएको थियो ।

No comments:

Post a Comment