Saturday, March 30, 2019

प्रधानमन्त्रीमाथि कांग्रेसको टिप्पणी ‘आमाको अगाडि मावलको बयान !’

काठमाडौं, १४ चैत– प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दलप्रति हल्का टिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीको टिप्पणी पदीय गरिमाको उचाइअनुरूप नभएको आरोप लगाइएको छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले बिहीबार राजधानीमा आयोजित पार्टीको कार्यक्रममा कांग्रेसलाई ओरालो लागेको भन्दै ‘बिचरा’ को संज्ञा दिएका थिए ।
‘एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाद्र्ध बिताएका जोकोहीलाई जीवनको उत्तराद्र्धमा लोकतान्त्रिक पद्धतिको बाटो हि“ड्नुपर्ने परिस्थिति निश्चय नै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगीकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अगाडि मावलको बयान’ भन्दा भिन्न छैन,’ विज्ञप्तिमा उल्लेख छ । शर्माले विज्ञप्तिमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिमाथि लगाइएको प्रतिबन्धबारे कांग्रेसको धारणा स्पष्ट रहेको बताएका छन् ।
कार्यक्रममा ओलीले नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाइएकोप्रति कांग्रेसले गरेको टिप्पणी वैचारिक रूपमा नै स्खलित मानसिकता भएको जनाएका थिए । कांग्रेसले चन्द समूहको हिंसात्मक गतिविधि, उसमाथि राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिले समस्या समाधान हुन नसक्ने दाबी गरेको छ।‘हाम्रो धारणा प्रस्ट छ, नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व हो तर निषेधले समाधानमा पुग्न सकिन्न।वार्ताबाट अन्तिम समाधानमा पुग्ने शासकीय योग्यता प्रधानमन्त्रीस“ग हामीले खोजिरहेका छौं र हत्या, हिंसा एवं चन्दा आतंक त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन चन्द समूहलाई अपिल गरिरहेका छौं।विद्रोहीको हिंसा, राज्यको प्रतिबन्ध र प्रधानमन्त्रीका तिक्त अभिव्यक्तिको आतंकले मुलुकलाई समाधान दिँदैन,’ विज्ञप्तिमा उल्लेख छ ।

No comments:

Post a Comment