Monday, March 25, 2019

वलीसहित ९ जनालाई ८ थुनामा राख्न अनुमति

संगठित अपराधसहितको अभियोगमा मुद्दा चलाइने
काठमाडौं, ११ चैत– नेत्रविक्रम चन्द (विप्लब) नेतृत्वको नेकपाका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश वलीविरुद्ध संगठित अपराध मुद्दामा म्याद थप गरिएको छ । जिल्ला अदालत, ललितपुरका न्यायाधीश चुडामणि खडाको इजलासले वलीसहित ९ जनालाई ८ दिन थुनामा राखेर उनीहरूमाथि छानबिन गर्न अनुमति दिएको हो ।
प्रहरीले वलीलाई ललितपुरको नख्खुस्थित एनसेल प्रा.लि.को मुख्यालयमा १० फागुनमा भएको शक्तिशाली विष्फोटको योजनाकारका रूपमा मुद्दा चलाउन छानबिन अघि बढाएको छ । एनसेलमा भएको घटनालगत्तै वलीले सञ्चार माध्यमस“ग कुरा गर्दैै विस्फोटको जिम्मेवारी लिएका थिए ।
प्रहरीले शनिबार बिहान काभ्रेको खानीखोला–७, मिल्चेबाट वलीसहित ९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले बा १७ च ४८९३ नम्बरको स्कर्पियो जीपबाट काठमाडौं आउ“दै गर्दा उनीहरूलाई पक्राउ गरेको हो । जीपमा हतियारसमेत भेटिएको प्रहरीको दाबी छ ।
प्रहरीले उनीविरुद्ध संगठित अपराधसहित राज्यविरुद्धको कसुर, हातहतियार तथा खरखजना र विष्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने भएको छ । वलीस“गै पक्राउ परेकामा पूर्वी ताम्सालिङका इन्चार्ज विजय श्रेष्ठ, रौतहट इन्चार्ज शंकर अधिकारी, नेता रामकृष्ण खतिवडा, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खडका छन् । वलीबाहेकका ७ जनालाई भने राज्यविरुद्धको कसुरलगायतका मुद्दा चलाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका नवौं व्यक्ति धर्मराज राजबाहक स्कर्पिओ चालक हुन् । उनीमाथिसमेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment