Friday, March 1, 2019

बिहीबार राष्ट्रिय शोक र सार्वजनिक बिदा

दुर्घटनाबाट राष्ट्रलाई अपुरणीय क्षति : मन्त्रिपरिषद
काठमाडौं, १५ फागुन– सरकारले हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएकामा गहिरो दुःख र शोक प्रकट गरेको छ । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले अकल्पनीय, अप्रत्याशित र दुःखद घटनाबाट राष्ट्रलाई अपूरणीय क्षति पुगेको जनाएको छ ।
‘नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना र सहानुभूति प्रकट गर्दछ’ मन्त्रिपरिषद बैठकपछि बुधबार सा“झ जारी विज्ञप्तिमा छ ।
मन्त्रिपरिषदले फागुन १६ गते बिहीबारको दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरी उक्त दिन सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दुतावास तथा नियोगमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदले राष्ट्रिय शोकको दिनमा सम्पूर्ण सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णयसमेत गरेको छ ।मन्त्रिपरिषदले स्व. अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र त्यसमा सरकारका तर्फबाटसम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णयसमेत मन्त्रिपरिषदले गरेको छ ।


No comments:

Post a Comment