Sunday, March 3, 2019

रवीन्द्रको क्षेत्रमा उठदिनन, कुप्रचार नगरियोस् : वामदेव

काठमाडौं, १८ फागुन– सत्तारूढ नेकपाका नेता वामदेव गौतमले हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निर्वाचन क्षेत्रमा उपचुनाव हु“दा आफू उम्मेदवार नहुने बताएका छन् । उनले शनिबार विज्ञप्ति जारी गरी स्वर्गीय अधिकारीको निर्वाचन क्षेत्र कास्की–२ मा आफू उम्मेदवार हुन लागेको भनेर दुष्प्रचार सुरु गरिएकामा आपत्ति जनाउ“दै खण्डन गरेका हुन् ।
उनले पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेको खण्डमा पनि त्यसलाई स्वीकार नगर्ने उल्लेख गरेका छन् । ‘श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रवीन्द्रको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने आशा राखेको आरोप लगाइएको छ । यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचारमात्र हो’ उनले विज्ञप्तिमा भनेका छन् ।
उनले मृत्युको शोकबाट आफूले व्यक्तिगत लाभ लिने काम कहिल्यै नगरेको र अब पनि नगर्ने उल्लेख गरेका छन् । गौतमले रवीन्द्रको खाली भएको निर्वाचन क्षेत्रमा उनकै परिवारबाट उम्मेदवार बनाउनुपर्ने धारणा अघि सारेका छन् ।
‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइन । जीवनभर दिने पनि छैन’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘मेरो इच्छाविपरित पार्टीले निर्णय गरे छ भने पनि म  रवीन्द्रको दुःखद निधनबाट खाली भएको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्ने छैन । मेरो सम्पूर्ण प्रयत्न स्वर्गीय रवीन्द्रको परिवारका सदस्यलाई नै उम्मेदवार बनाउन लगाउने छु ।’

No comments:

Post a Comment