Wednesday, March 27, 2019

गेसोद्वारा आन्दोलन कार्यक्रम घोषणा

काठमाडौं, १२ चैत– गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले पेन्सनलगायतका सेवा, सुविधा बेलायती नागरिक सहर समान रूपमा उपलब्ध गराउन बेलायत सरकारस“ग कूटनीतिक पहल गर्न नेपाल सरकारस“ग माग गर्दै ३ महिने नया“ आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
गेसोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बेलायत सरकारले पेन्सनलगायतका सेवासुविधामा गरेको विभेद अन्त्यका लागि तत्काल वार्ता समिति गठन गरी बेलायत सरकारस“ग कूटनीतिक पहल गर्न सरकारस“ग माग राखी आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
बेलायती सरह गोरखा भूतपूर्व सैनिकलाई पनि पेन्सनलगायतका सेवा सुविधा तत्काल उपलब्ध गराउन कुटनीतिक पहल गर्न माग गर्दै ३ महिने आन्दोलनको कार्यक्रम घोषणा गरिएको जानकारी गेसोका अध्यक्ष कृष्णकुमार राईले दिए । आन्दोलनको कार्यक्रम अनुसार गेसोले आफ्ना माग सम्बोधन गराउन नेपाल र बेलायतका प्रधानमन्त्रीलगायतका सम्बन्धित मन्त्रीलाई ज्ञापन पत्र बुझाउनेछ । बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि आफूहरुको मागलाई सम्बोधन गर्न बाध्य हुने गरी विशाल प्रदर्शन गर्ने निर्णयसमेत गरिएको जानकारी गेसोका अध्यक्ष राईले दिए ।बेलायत सरकारले बेलायती सेना सरह पेन्सनलगायतको सेवा सुविधा नदिएपछि गोर्खा भूतपूर्व सैनिकहरू त्यसविरुद्ध आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले बेलायतले भूतपूर्व गोर्खा सैनिकहरुलाई बेलायती सरह पेन्सनलगायतका सेवा, सुविधा उपलब्ध नगराए अझै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।


No comments:

Post a Comment