Thursday, March 21, 2019

तीन कर्मचारीवरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ६ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन कर्मचारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ
नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका लेखाप्रमुख उमेशकुमार ठाकुरविरुद्ध नक्कली बिल तथा भौचर तयार पारी ५२ लाख १३ हजार रुपैया“ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले कपिलवस्तुको यशोधरा गाँउपालिका–३ को कृष्ण धार्मिक माविको व्यवस्थापन समितिका सदस्य विजयनाथ चौवेले अनुदान शिक्षकको दरबन्दीमा नियुक्ति गरिदिने घुस लिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
रौतटहटको श्री निम्न माध्यमिक विद्यालय मोतियाहीका प्रधानाध्यापक रमेश तिवारीले आफू कृषक समूह प्रा.वि.जुडीवेलामा कार्यरत रह“दा किर्ते सहीछाप गरी आफ्नी श्रीमती ललिता तिवारीलाई राहत शिक्षकमा नियुक्ति गरेकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।


No comments:

Post a Comment