Sunday, March 17, 2019

राप्रपाद्वारा आन्दोलन घोषणा

हिन्दु राष्ट्र पुनःथापनाको माग
काठमाडौं, २ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनःस्थापनाको माग गर्दै डेढ महिना लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । चैत १५ देखि सुरु हुने पहिलो चरणको आन्दोलन ८ वैशाखमा दुई घन्टा राजमार्ग र चोकहरूमा सत्याग्रह गरी सकिने राप्रपाले जनाएको छ ।
काठमाडौंमा शनिबार बसेको राप्रपा केन्द्रीय कार्यसमितिको विस्तारित बैठकले स्थानीय तह केन्द्रित पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
राप्रपाद्वारा जारी विज्ञप्तिका अनुसार चैत १६ सम्म प्रचारप्रसार, १७ देखि २३ सम्म देशब्यापी हस्ताक्षर संकलन  र २५ मा जिल्ला सदरमुकाम, प्रदेश राजधानी र सिंहरदबारमा एक घन्टा धर्नाको कार्यक्रम राखिएको छ । चैत २८ मा स्थानीय तहको केन्द्रमा एक घन्टा धर्ना, वैशाख ५ गते जिल्ला सदरमुकामा धर्म निरपेक्षताको ब्यानर तथा प्ले कार्ड जलाउने र ८ गते सम्पूर्ण राजमार्ग र चोकहरुमा २ घन्टा सत्याग्रहको कार्यक्रम राखिएकोसमेत राप्रपाले जनाएको छ ।
राप्रपाले दोस्रो चरणको संघर्ष जिल्ला सदरमुकाम तथा अन्तिम चरणमा राजधानी केन्द्रित हुनेसमेत जनाएको छ ।
राप्रपाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हिंसा त्याग्न र सरकारलाई प्रतिबन्ध हटाई वार्ताबाट निकास खोज्न आग्रहसमेत गरेको छ।राप्रपाले पृथकतावादी आन्दोलन गरिररहेका सिके राउत समूहस“ग भएको सम्झौताले अनेक प्रश्न खडा गरेको उल्लेख गर्दै त्यसबारेमा तत्काल जवाफ दिन सरकारसित माग गरेको छ ।

No comments:

Post a Comment