Wednesday, January 1, 2020

तीन दिन हिमपात र वर्षाको सम्भावना

काठमाडौं, १५ पुस– जल तथा मौसम विज्ञान विभागले मंगलबार रातिदेखि तीन दिनसम्म देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको जनाएको छ।
जम्मु–कश्मीरबाट माथिबाट नेपाल प्रवेश गरेको न्यून चापीय प्रणाली बुधबार सा“झसम्ममा अझै सशक्त भई मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । बुधबार र बिहीबार देशैभर बदली भई तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार रातिदेखि बिहीबारसम्म तराई र पहाडी क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोसमेत उल्लेख गरेको छ ।
विशेष बुलेटिनमा महाशाखाले मौसममा आउने बदलीसँगै वर्षा र हिमपातको सम्भावना रहेको र त्यही कारण चिसो रहिरहने हुनाले त्यसको असरका साथै अन्य प्रभावबाट बच्नका लागि सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

No comments:

Post a Comment