Tuesday, January 7, 2020

बैंकमार्फत घूस बुझ्ने इन्जिनियर पक्राउ

काठमाडौं, २१ पुस– ठेकेदारसँग बैंक खातामार्फत घूस रकम बुझ्ने गरेका सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभाग मातहतको इलामस्थित डिभिजनल कार्यालयका सुवास बस्नेतलाई सोमबार पक्राउ गरी हिरासतमा राखेको छ । प्रमाण नष्ट गर्न नपाऊन् भनेर उनलाई नियन्त्रणमा लिइएको समेत आयोगले उल्लेख गरेको छ । आयोगले छानबिन थालेपछि उनलाई हालै इलामको डिभिजन कार्यालयबाट हटाई विभागमा तानिएको हो ।
बस्नेतले ठेकेदारलाई बिलको भुक्तानी गर्ने क्रममा बैंक खातामा घूस रकम जम्मा गर्न बाध्य पार्ने गरेको आयोगले उल्लेख गरेको छ । प्रारम्भिक छानबिनका क्रममा बैंक खातामार्फत ठेकेदारस“ग घूस रकम लिने गरेको भेटिएकाले उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।
अख्तियार स्रोतका अनुसार बस्नेतले अहिलेसम्म लिएको घूस रकम कति छ भन्ने यकिन हुन बाँकी रहेको छ । उनका विभिन्न बैंकमा रहेका खाताको विवरण संकलन भइरहेको जानकारीसमेत स्रोतले दिएको छ ।

No comments:

Post a Comment