Sunday, January 26, 2020

गाउँपालिकाका अध्यक्ष केसीसहित तीन घूससहित पक्राउ

काठमाडौं (कास)– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको जुनीचा“दे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित २ जनालाई घूस रकमसहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारले शनिबार विज्ञप्ति जारी केसी. र उनका सहयोगी चन्द्रबहादुर बस्नेतलाई सुर्खेतको वीरेन्द्रनगर– ७ स्थित हटलाइन रोडबाट ८ लाख रुपैयाँ घूससहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरूले गाउँपालिका– ५ मा उपभोक्ता समितिहरूमार्फत निर्माण भएको सडकको भुक्तानी दिने क्रममा सेवाग्राहीसित घूस लिएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
अख्तियारले सिन्धुलीको घ्याङलेख गाउँपालिकाका इन्जिनियर दिलीपकुमार साहलाई समेत घूससहित पक्राउ गरेको छ । साह गाउँपालिकामा ट्रान्सफर्मर जडान र बिद्युतीकरण कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसित लिएको २ लाख २६ हजार रुपैयाँ घूससहित पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ ।

No comments:

Post a Comment