Monday, January 6, 2020

सुडान काण्डका भारती रिहा

काठमाडौं, २० पुस– सर्वोच्च अदालतको आदेशमा सुडान घोटाला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती आइतबार रिहा भएका छन् ।
सर्वोच्चले थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि उनी रिहा भएका हुन् । राष्ट्रसंघीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती रिहा भएका हुन् ।
न्यायाधीश तेजबहादुर केसी, प्रकाश ढुंगाना र मनोजकुमार शर्माको इजलासले गत मंसिर २८ गते पुनरावलोकनमा निस्सा हुने आदेश जारी गरेको थियो । त्यही आदेशको कार्यान्वयनका क्रममा सोमबार भारती धरौटीमा छुटेका हुन् । सर्वोच्चले कारागार बाहिर बसेर मुद्दा लड्ने सुविधा दिएको हो ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले भारतीलाई उक्त काण्डमा दोषी ठहर गरी १४ करोड २० लाख बिगो र जरिवानासहित एक वर्ष जेल सजाय सुनाएको थियो । सर्वोच्चले उक्त प्रकरणमा भारतीस“गै नेपाल प्रहरीका तीन जना पूर्व प्रहरी महानिरीक्षकलाई ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरेको थियो ।

No comments:

Post a Comment