Wednesday, January 1, 2020

सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्छ : महासंघ

काठमाडौं, १५ पुस– नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी सूचना प्रविधि विधेयक अघि बढाइएकामा आपत्ति प्रकट गरेको छ । महासंघले मंगलबार विज्ञप्ति जारी गरी लेखेकै आधारमा ५ वर्ष जेल र १५ लाख रुपैया“ जरिवाना वा दुवै सजायसहितको कठोर दण्ड व्यवस्था गरिएको विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने चिन्ता व्यक्त गरेको छ ।
महासंघले सरोकारवालास“ग छलफल र सहमति गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र सम्मान हुने गरी सूचना प्रविधिसम्बन्धी विधेयक अघि बढाउन माग गरेको छ । महासंघले सूचना प्रविधिसम्बन्धी विधेयकका कतिपय प्रावधान आमसञ्चारको क्षेत्रलाई नियन्त्रण गर्न दुरुपयोग हुन सक्ने गम्भीर खतरा देखिएकोसमेत औंल्याएको छ ।
विज्ञप्तिमा महासंघसित सत्तारूढ नेकपाको संसदीय दलले २०७६ असार २३ मा सञ्चारसम्बन्धी सबै विधेयक ल्याउ“दा संविधान र राष्ट्रिय आमसञ्चार नीति २०७३ को आधारमा महासंघसहित अरू सम्बद्ध सबै पक्षस“ग छलफल गरी संसदीय प्रक्रियाबमोजिम अघि बढाउने भनी गरेको सहमति बिर्सेकामा समेत असन्तुष्टि प्रकट गरिएको छ ।

No comments:

Post a Comment