Wednesday, January 8, 2020

घूस लेनदेन गर्ने दुवै पक्राउ

काठमाडौं, २२ पुस– राजधानीको साँखुस्थित मालपोत कार्यालयका नायव सुब्बा रामेश्वर कुइँकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटा घूस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार घूस लेनदेन गरिरहेका कुइँकेल र सापकोटालाई मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिएको हो । कुइँकेलले जग्गाको दृष्टि बन्दकको लिखत पास गरिदिएबापत सापकोटासित २ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । दुवै जनालाई अख्तियारको हिरासतमा राखिएको छ ।
अख्तियारले इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब निरीक्षक हेमन्त केसीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
केसीले सार्वजनिक मुद्दा लागेको व्यक्तिलाई छुटाइदिन सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment