Monday, January 27, 2020

कोरोना भाइरसको जोखिममा रहेका नेपालीलाई तत्काल उद्धारको माग

काठमाडौं, १२ माघ– प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरसबाट नेपाल समेत उच्च जोखिममा रहेको उल्लेख गर्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक कदम चाल्न सरकारसित माग गरेको छ ।
कांग्रेस संसदीय दलले आइतबार विज्ञप्ति जारी गरी चीनको हुबई प्रान्तको राजधानी उहानका विभिन्न विश्वविद्यालय र शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहा“ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरूलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धार गर्नसमेत माग गरेको छ ।
‘महामारीका रूपमा फैलन सक्ने कोराना भाइरस फैलन नदिन आवश्यक सुरक्षा व्यवस्था तथा संक्रमित व्यक्तिको उचित उपचारको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछौं’ कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडद्वारा जारी विज्ञप्तिमा छ ।

No comments:

Post a Comment