Thursday, January 2, 2020

नक्कली लाइसेन्स र परिचयपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं, १६ पुस– स्मार्ट सवारी चालक अनुमतिपत्र र सरकारी कार्यालयका कर्मचारीको परिचयपत्र नक्कली बनाई बिक्री गरेको आरोपमा बुधबार पाँच जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको महानगरीय अपराध नियन्त्रण महाशाखा र ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले उनीहरूलाई राजधानीबाट पक्राउ गरेको हो । पक्राउ परेकामा सर्लाहीका दीपक ब्लोन, वुद्धिबहादुर रोक्का, काठमाडौं बौद्धका अशोक कार्की, काठमाडौंको लाजिम्पाटका कुमार तण्डुकार र बारा सिमराका मोहन यादव छन् ।
पुतलीसडकबाट दीपक ब्लोनसँग मंगलबार नक्कली स्मार्ट लाइसेन्स फेला पारी सोधपुछ गर्ने क्रममा गिरोह नै पक्राउ परेको प्रहरीले जनाएको छ । अर्का अभियुक्त रोक्काले न्युरोडस्थित आफ्नो आशिष स्टुडियोमा डिजाइन गरी न्यूरोडकै फोटो कन्सर्न प्रालिबाट नक्कली सवारी लाइसेन्स प्रिन्ट गर्ने गरेको पाइएकोसमेत प्रहरीले उल्लेख गरेको छ ।
रोक्काले नक्कली लाइसेन्स बनाउन ३० हजार रुपैयाँसम्म लिने गरेका थिए । अभियुक्तहरूबाट अनुसन्धानका क्रममा लक्ष्मण झाँक्रीको नामको चालक अनुमतिपत्र, उनकै सशस्त्र प्रहरी जवानको परिचयपत्र, कलेजका परिचयपत्र, प्रिन्टर, हाडड्राइभ सर्वरसमेत बरामद गरिएको छ ।

No comments:

Post a Comment