Sunday, January 12, 2020

पाम आयलको निर्यात खुलाउन कांग्रेसको माग

काठमाडौं, २६ पुस– प्रमुख प्रतिपक्षी कांग्रेसले भारतीय सरकारबाट रोक लगाइएपछि नेपालमा प्रशोधित पाम आयल भारतमा निर्यात नहुने र उद्योगी व्यवसायीहरूको लगानी जोखिममा पर्ने स्थिति उत्पन्न भएकामा गम्भीर चिन्ता व्यक्त गरेको छ ।
कांग्रेस संसदीय दलका तर्फबाट प्रमुख सचेतक बालकृष्णद्वारा जारी विज्ञप्तिमा भारतीय रोकले नेपालमा उत्पादित पाम आयल खेर जाने र उद्योगका श्रमिक तथा कर्मचारीको रोजगारीमा समेत संकट उत्पन्न हुने अवस्थाप्रति गम्भीर भई कूटनीतिक पहल गरेर पुनः निर्यातको निर्वाध वातावरण बनाउन सरकारसित माग गरिएको छ ।
‘नेपालबाट निर्यात हुने प्रमुख वस्तुमध्ये पाम आयल एक हो । त्यसले राष्ट्रको अर्थतन्त्रलाई समेत टेवा पु¥याइरहेको छ । यस सम्बन्धमा सरकारले कुटनीतिक पहल गरी नेपालमा प्रशोधित पाम आयल अन्य मुलुकमा निर्यातका लागि सहज वातावरण गराउन ध्यानाकर्षण गराउ“छौं’ विज्ञप्तिमा छ ।

No comments:

Post a Comment