Sunday, January 19, 2020

पशुपति क्षेत्रभित्रका अनधिकृत घरटहरा भत्काइने

हटाउन माघ ७ सम्मको समय, अटेर गरे कोषले नै ८ गतेदेखि भत्काउन थाल्ने
काठमाडौं, ४ माघ– पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रभित्र निर्माण भएका अवैध घरटहरा, पालीलगायत संरचना हटाउने भएको छ । कोषले सातदिने समयसीमा तोकेर अवैध संरचना हटाउन निर्देशन दिँदै नहटाए आफैं हटाउने सूचना जारी गरेको छ ।
कोषको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रमा अव्यवस्थित तवरले सयौं घरटहरा र छाप्रा बनाएर वर्षौंदेखि बसोबास भइरहेको छ । ती स्थानमा व्यवसायसमेत सञ्चालन हु“दै आएको छ । अवैध संरचनाका कारण पशुपति क्षेत्र अव्यवस्थित र दुर्गन्धित हुनुका साथै वातावरणसमेत प्रदूषित बनिरहेको छ ।
आफूस“ग पूर्वअनुमति नलिई वर्षौंदेखि अनधिकृत रूपमा बसोबास गर्दै आएको जनाउ“दै कोषले त्यस्ता संरचनाले पशुपति क्षेत्रको सौन्दर्यमा नकारात्मक असर परिरहेको र भक्तजन, तीर्थयात्री तथा पर्यटकको आवागमनमा अवरोध पुगेको उल्लेख गरेको छ ।
सूचनामा पशुपति क्षेत्रबाहिर कोषको जग्गा तथा मूल या सहायक सडक अतिक्रमण गरेर बनाइएका संरचनासमेत हटाइने उल्लेख छ । पशुपति क्षेत्रभन्दा बाहिर सयौंले मूल र सहायक सडक तथा निजी क्षेत्रको जग्गा अतिक्रमण गरेर घरटहरा तथा पाली बनाएका छन् । आफ्नो क्षेत्रभित्र र बाहिर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचना हटाउन माघ ७ सम्मको समयसीमा दिँदै कोषले ८ देखि हटाइने जनाएको छ ।

No comments:

Post a Comment