Sunday, January 19, 2020

हिमाल सफा र सुरक्षित छन् : भट्टराई

काठमाडौं, ४ माघ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरू सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर फैलाएर पर्यटक आकर्षित गर्नुपर्ने बताएका छन् । राजधानीमा शनिबार आयोजित कञ्चनजंघा हिमाल सरसफाइ अभियानसम्बन्धी कार्यक्रममा बोल्दै उनले बाहिर जतिसुकै नकारात्मक कुरा प्रचार भइरहे पनि नेपालका हिमाल सफा र सुरक्षित रहेको बताए ।
उनले नेपाली हिमाल सफा छन् भन्ने सन्देश विश्वभर फैलाएर पर्यटक आवागमन बढाउनेतर्फ पर्यटन व्यवसायीसहित सबैको ध्यान जानुपर्ने बताए । ‘भ्रमण वर्षलाई ख्याल गर्दै नेपालका हिमालहरू सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वमा दिएर हिमाल आरोहण अभियानलाई अगाडि बढाउनुपर्छ,’ उनले भने । उनले मुलुकको आर्थिक विकास र पर्यटनका लागि हिमालहरू सबैभन्दा महत्वपूर्ण सम्पदा भएको बताए ।
हिमाल आरोहणबाट हाल बर्सेनि ४५÷४६ करोड रुपैयाँ राजस्व संकलन हुने गरेको र त्यो अत्यन्तै न्यून भएको उल्लेख गर्दै उनले राम्ररी प्रचारप्रसार गर्न सके राजस्व उल्लेखनीय रूपमा बढाउन सकिनेतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

No comments:

Post a Comment