Sunday, January 19, 2020

लेखा अधिकृतसहित तीनविरुद्ध मुद्दा

काठमाडौं, ४ माघ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुसेवा विभाग, ललितपुरका लेखा अधिकृत रमेश कार्कीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुद्दा दायर गरिएकामा कार्कीका अतिरिक्त रूपन्देही जिल्ला अदालतका नायव सुव्वा बुद्धिप्रकाश न्यौपाने र लेखापाल विनोद शर्मा छन् ।
पशुसेवा विभागका लेखा अधिकृत कार्कीले कार्यालयको सूचना विज्ञापन पत्रिकामा प्रकाशित गरेपश्चात सेवाग्राहीलाई बिल रकम भुक्तानी गर्ने क्रममा ८ हजार ५ सय रुपैयाँ घूस लिएको अनुसन्धानबाट पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
रूपन्देही जिल्ला अदालतका नायव सुब्बा न्यौपाने र लेखापाल शर्माले मुद्दाको धरौटी रकम फिर्ता दिने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले उल्लेख गरेको छ । मुद्दा दायर भएसँगै उनीहरू तीनै जना सेवाबाट निलम्बित भएका छन् ।

No comments:

Post a Comment