Saturday, January 25, 2020

प्याजमा घूस लिने इन्स्पेक्टरविरुद्ध मुद्दा

काठमाडौं, ९ माघ– अभावका बेला भारतबाट आयात हुने गरेको प्याजमा घूस लिएको अभियोगमा सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका इन्स्पेक्टर अमृत थापासहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सशस्त्र प्रहरी बल बीओपी मोरङका कार्यालय प्रमुख थापा र जवान शशितनारायण विश्वासले भारतबाट प्याज ल्याउने व्यापारीसित घूस लिएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । मुद्दा दायर भएस“गै दुवै जना निलम्बित भएका छन् ।
अख्तियारले दैलेखको श्री पिपलचौतरा माध्यमिक विद्यालय डुंगेश्वर ५ का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिक्षक छनौट समितिको संयोजक भक्तबहादुर शाहीसहित तीन जनालाई पक्राउ गरेको छ । शाहीले म्यासेन्जरमार्फत शिक्षक छनौट परिक्षामा प्रश्नपत्र र उत्तर कुन्जिका पठाई आफ्नो मान्छेलाई उत्तीर्ण गराएको पाइएकाले नयन्त्रणमा लिइएको अख्तियारले उल्लेख गरेको छ ।
शाहीले प्रश्नपत्र र उत्तर कुन्जिका उपलब्ध गराई शिक्षकमा घनश्याम भण्डारी र वैकल्पिक उम्मेदवार दलबहादुर विकलाई छनौट गराएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ । अख्तियारले शाहीका अतिरिक्त भण्डारी र विकलाई समेत पक्राउ गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ ।

No comments:

Post a Comment