Sunday, January 19, 2020

नाट्टाको अध्यक्षमा गुरागाईं

काठमाडौं, ४ माघ– नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् । उनले नाट्टाको शुक्रबार भएको चुनावमा १ सय ५० मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी भीमप्रसाद पन्तले १ सय २६ र मिहिका धाख्वाले १ सय ९ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सह–कोषाध्यक्षमा युविका भण्डारी तथा सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजंग पाण्डे निर्वाचित भएका छन् ।
उनी यसअघि नाट्टाको सदस्य र महासचिव हुँदै वरिष्ठ उपाध्यक्षसमेत भएका थिए । उनले भ्रमण वर्ष–२०२० लाई सफल बनाउन नाट्टाका तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए ।

No comments:

Post a Comment