Thursday, January 2, 2020

नगर विकास समितिका अध्यक्षविरुद्ध मुद्दा

काठमाडौं, १६ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष सुरेन्द्रबहादुर विष्टसहित चार जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । छानबिनबाट विष्टले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अध्यक्ष नियुक्त भएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले श्रीराम राइस मिलका सञ्चालक सियाकिशोर साह, कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरका स्टोर किपर रामबाबु महतो र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका खरिदार त्रिलोचना पोखरेलविरुद्ध समेत मुद्दा दायर गरेको छ ।
साह र महतोले ६८ हजार घूस लेनदेन गरी कम्पनीको ८ लाख ३६ हजार ६ सय ८० रुपैयाँबराबरको धान हिनामिना गरेको र पोखरेलले नक्कली बिल पेस गरी ८३ हजार रुपैयाँ भ्रष्टाचार गरेको पाइएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment