Monday, January 20, 2020

आज रातिदेखि मौन अवधि

आचारसंहिताको पूर्ण पालना गर्न आयोगको आग्रह
काठमाडौं, ६ माघ– राष्ट्रिय सभाका १८ सदस्यका लागि बिहीबार हुने निर्वाचनका लागि सोमबार राति १२ बजे मौन अवधि सुरु हुँदै छ । निर्वाचन आचारसंहिताबमोजिम ४८ घण्टा अगाडि मौन अवधि सुरु हुने आयोगले जनाएको छ ।
आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न÷गराउन केन्द्र तथा प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
राष्ट्रिय सभा सदस्यको चुनावका लागि सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा मतदान केन्द्र राखिएको छ । मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न÷गराउन नपाइने आयोगले जनाएको छ ।
‘मौन अवधिमा वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएसजस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यम प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ । आयोगका अनुसार मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी छलफल, अन्तक्र्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न÷गराउन पाइने छैन ।

No comments:

Post a Comment