Sunday, January 19, 2020

यादव राजपाको संयोजक

काठमाडौं, ४ माघ– राष्ट्रिय जनता पार्टी (राजपा) को अध्यक्ष मण्डलको संयोजक नेता महेन्द्रराय यादव भएका छन् । नेता राजेन्द्र महतोको अध्यक्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले चक्रीय प्रणालीमा यादवलाई पार्टी संयोजकको जिम्मेवारी दिएको हो ।
यादवले आइतबारदेखि संयोजकको जिम्मेवारी सम्हाल्ने राजपाले जनाएको छ । ६ पार्टी एकीकृत भएर बनेको राजपाका ६ अध्यक्षले पालैपालो ६÷६ महिना पार्टीको नेतृत्व गर्दै आएका छन् । अध्यक्ष मण्डलका संयोजक महतोको छमहिने कार्यकाल शनिबार सकिएको छ ।
राजपाको बैठकले भ्रातृसंगठन राष्ट्रिय विद्यार्थी संघको अध्यक्ष मण्डलमा सदस्य कृष्णकुमार सिंहलाई संयोजक तोकेको छ । बैठकले सिंहलाई आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन चुनाव र राष्ट्रिय विद्यार्थी संघको महाधिवेशन गराउने जिम्मेवारीसमेत तोकेको छ ।

No comments:

Post a Comment