Wednesday, January 29, 2020

प्रमुख प्रशासकसहित तीन जनाविरुद्ध मुद्दा

काठमाडौं, १४ माघ– गुठी संस्थानका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
चौधरी र रेग्मीले काठमाडौं–१ स्थित गुठीको जग्गा गुठीमै कायम गर्न सेवाग्राहीसित ८ लाख रुपैया“ घूस लिएको र पछि सेवाग्राहीकै निजी खातामा फिर्तासमेत गरेको छानबिनबाट पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
पूर्वाधार विकास कार्यालय वाग्मती प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनीविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सडक निर्माणको टेन्डर सम्झौतापछि मोबिलाइजेसन पेस्की लिन आएका सेवाग्राहीसँग उनले २२ हजार रुपैयाँ घूस लिएको छानबिनबाट पुष्टि भएकाले मुद्दा दायर गरिएको आयोगले उल्लेख गरेको छ ।

No comments:

Post a Comment