Monday, May 13, 2013

१४ सहसचिवको सरुवा, सचिव रेग्मीले पाए अवकास

काठमाडौं, २९ वैसाख– सरकारले १४ जना सहसचिवलाई सरुवा गर्नुका साथ नया“ १० जनालाई विभिन्न मन्त्रालयमा पदस्थापन गरेको छ । ६० जना सहसचिवको सरुवा गरेको एक महिना नपुग्दै मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले थप १४ जनाको सरुवा गरेको हो ।
सहकारी विभागका महानिर्देशक सुदर्शन ढकाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई यातायात व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिइने जानकारी स्रोतले दिए । यातायात विभागबाट अध्यागनको महानिर्देशकमा काजमा पठाइएका शरदचन्द्र पौडेललाई सोही ठाउ“मा सरुवा गरिएको छ ।
उद्योग मन्त्रालयकी यामकुमारी खतिवडा र अतिरिक्त समूहमा दरबन्दी रहेका नवराज भण्डारीलाई अर्थमन्त्रालयमा सारिएको छ । विदेशमा अध्ययन सकेर फर्केका भण्डारीलाई पुनः दोहो¥याएर अर्थमन्त्रालयका लगिएको हो । उनी भन्सार विभागको महानिर्देशक भइसकेका सहसचिव हुन् । अर्थमन्त्रालयका विष्णु नेपाललाई योजना आयोगमा सरुवा गरिएको छ ।
काठमाडौं महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई स्वास्थ्य मन्त्रालयका सरुवा गरिएको छ । योजना आयोगका सहसचिव लक्ष्मण अर्याललाई स्थानीय विकास मन्त्रालयमा पठाई काठमाडौं महानगरको कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ ।
सामान्य प्रशासन मन्त्रालयमा काजमा रहेका सहसचिव गंगाराम गेलाललाई उद्योग मन्त्रालयमा सारिएको छ । स्वास्थ्य मन्त्रालयका काजमा रहेका मुकुन्द निरौलालाई सोही ठाउ“मा सरुवा गरिएको छ । स्थानीय विकासमा काजमा रहेका सहसचिव गोपी खनाललाई सामान्य प्रशासन मन्त्रालयमा काजमै सारिएको छ ।
सचिव रेग्मीले पाए अवकास
राष्ट्रपति कार्यालयका सचिव शीतलबाबु रेग्मीले शुक्रबार अनिवार्य अवकास पाएका छन् । ५८ वर्ष पूरा भएकाले उनले शुक्रबार अनिवार्य अवकास पाएका हुन् ।
रेग्मीले अवकास पाएपछि सचिव रिक्त भएका विभिन्न मन्त्रालय र निकायको संख्या ४ वटा पुगेको छ । सचिव रिक्त भएका निकायमा सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको सचिवालय छन् ।
सचिवहरू यज्ञ गौतमले माघमा, लक्ष्मण पोखरेल र रणबहादुर श्रेष्ठले वैसाखमा ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाइसकेका छन् । गौतमको अवकास भएस“गै रिक्त भएको ठाउ“ प्रधानमन्त्री तथा मन्त्रिपरिषद सचिवालयमा सहसचिव ङइन्द्रप्रसाद उपाध्यायलाई कायममुकायम सचिव बनाइएको छ । बा“की तीन निकायमा भने वरिष्ठ सहसचिवले निमित्त सचिवको जिम्मेवारी सम्हालेका छन् ।
चार निकाय प्रशासनिक नेतृत्वविहीन भएको र कतिपय मन्त्रीले आ–आफ्ना मन्त्रालयका सचिव फेर्न चाहेकाले मन्त्रिपरिषद्ले ठूलो संख्यामा सचिव सरुवा गर्ने र रिक्त पदमा सहसचिवहरूलाई कायममुकाय बनाउने गृहकार्य सुरु गरेको जानकारी स्रोतले दिए । स्रोतका अनुसार मन्त्रिपरिषदको आगामी बैठक सचिव सरुवा र कायममुकायम दिनेबारेमा निर्णय हुनेछ ।












No comments:

Post a Comment