Thursday, May 30, 2013

१८९ जनालाई विभूषण प्रदान गर्ने घोषणा

काठमाडौं, १६ जेठ– राष्ट्रपति रामवरण यादवले सरकारको सिफारिसमा विभिन्न पेसा र व्यवसायमा रहेर उल्लेखनीय योगदान गरेको भन्दै १ सय ८९ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषण प्रदान गर्ने घोषणा गरेका छन् । कुनै राष्ट्रिय उत्सव पारी ती व्यक्तिलाई विभूषण प्रदान गरिने जानकारी गृह मन्त्रालयका अधिकारीले दिएका छन् ।
यस वर्ष १ सय ५६ जनालाई मानपद्वी, १४ जनालाई अलंकार र २० जनालाई पदक दिने घोषणा गरिएको छ । यसपटक क्षेत्र छुट्ट्याएर विभूषण प्रदान गरिएको छ । जनआन्दोलन–२०४६ का कमान्डर गणेशमान सिंहलाई प्रदान गरिएको सबभन्दा ठूलो विभूषण ‘नेपाल रत्न’ र यसअघि पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारी तथा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहलाई दिइएको दोस्रो ठूलो विभूषण ‘राष्ट्रगौरव’ यसपटक कसैलाई दिइएको छैन ।
यस वर्ष पहिलोपटक विभिन्न क्षेत्र र विधा छुट्ट्याएर विभूषण प्रदान गरिएको छ । यसपटक तेस्रो सुकीर्तिमप राष्ट्रद्वीप विभूषण ललितकला प्रज्ञा प्रतिष्ठान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति क्रमशः किरण मानन्धर र प्रचण्ड मल्ल तथा सर्वोच्च अदालतका न्यायाधीश रामकुमारप्रसाद साह, प्रधानसेनापति गौरवसमसेर जबरा, गभर्नर युवराज खतिवडा, राष्ट्रसंघका उपमहासचिव ज्ञानचन्द्र आचार्यलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
कला र संगीत तथा नाट्य क्षेत्रमा क्षेत्रमा उल्लेखनीय योगदान गरेका कारण मानन्धर र मल्ललाई उनीहरूलाई तेस्रो ठूलो विभूषण प्रदान गर्ने घोषणा गरिएको हो । तर, सर्वोच्चका न्यायाधीशदेखि प्रधानसेनापतिसम्मलाई के योगदान गरेका विभूषण दिने घोषणा गरिएको हो भनेर कारण खुलाइएको छैन ।
भाषा, साहित्य, कला, संस्कृति, नाटक र विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका १३ जनालाई विभूष्ण प्रदान गरिएको छ । प्राध्यापक बालकृष्ण पोखरेल, वैज्ञानिक दयानिधि बज्राचार्य र इतिहासविद् ज्ञानमणि नेपाल, वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठ, साहित्यकार गोपीकृष्ण शर्मा र अभिनेत राजेश हमाललाई सुप्रवल जनसेवाश्री विभूषण प्रदान गरिएको छ । गायिका अञ्जु पन्त, लोक गायक राजु परियार, मूर्तिकार विष्णप्रसाद बराल, साहित्यकारद्वय काजी रोशन र डिल्लीशर्मा अर्याललाई प्रवल जनसेवाश्री विभूषण प्रदान गरिएको छ ।
उद्योग, वाणिज्य र पर्यटन विकास महत्वपूर्ण योगदान पु¥याएकामा उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्य, होटल एसोसिएसन नेपालका अध्यक्ष श्याम कक्षपति, कीर्तिमानी पर्वतारोहीद्वय मिनबहादुर शेरचन, फुर्वा टासी शेर्पालाई सुप्रवल जनसेवाश्री तथा नेपालमा अस्ट्रिचको व्यावसायिक पालन सुरु गरेका चुन्नप्रसाद शर्मा र उद्यमी कृषक शशि पौडेललाई विकास रत्न पदक प्रदान गर्ने घोषणा गरिएको छ ।
शिक्षा क्षेत्रमा योगदान गरेका जर्ज जोन, स्वामी चेतानन्द गिरी सुप्रबल जनसेवाश्री तथा तेजकुमार शाक्य, मिना ठाकुर र इलियास मुहम्मद खा“लाई प्रवल जनसेवाश्री विभूषण प्रदान गर्ने घोषणा गरिएको छ । समाजसेवामा महत्वपूर्ण योगदान गरेका पुष्पा बस्नेत, गणेशबहादुर श्रेष्ठ प्रवल जनसेवाश्री र भीमदत्त पाण्डे, नोर्बु वाङगेल लामा, समाज सेवा रत्न तथा मंगलादेवी श्रेष्ठ र नारायण खनाललाई समाजसेवा पदक प्रदान गर्ने घोषणा गरिएको छ ।
सञ्चार क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै पत्रकारहरू देवेन्द्र गौतम, रामकृष्ण रेग्मी, ध्रुवहरि अधिकारीलाई सुप्रवल जनसेवाश्री र रघु मैनाली र गुणराज लुइ“टेल प्रवल जनसेवाश्री तथा खेलकुद क्षेत्रमा योगदान गरेकामा क्रिकेट प्रशिक्षक पुबुदु दासानायके, खेलाडीहरू जमुना गुरुङ (फुटबल), पारस खड्का (क्रिकेट), गंगादेवी अधिकारी (करा“ते), तारादेवी पुन (भारोत्तोलन) प्रवल जनसेवाश्री र किशोर पौडी खेलाडी शिरिष गुरुङलाई सुकीर्ति पदक प्रदान गर्ने घोषणा गरिएको छ ।
राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान गरेकामा पूर्वरथी बालानन्द शर्मालाई सुप्रवल जनसेवाश्री र गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने, रिपब्लिक मिडिया प्रकाशन प्रालिका अध्यक्ष विनोद ज्ञवाली, विपद् व्यवस्थापक आमोदमणि दीक्षित, आर्किटेक्ट इन्जिनियर अमृत शाक्य, एकल महिला लिली थापा, उपभोक्ता अधिकारकर्मी ज्योति बानिया“, सिस्नेरी महिला वन उपभोक्ता समूहकी अध्यक्ष मनरूपा सुनार र समाजसेवी रत्नकुमार चौधरीलाई प्रवल जनसेवाश्री विभूषण प्रदान गर्ने घोषणा गरिएको छ ।
सचिवत्रय पर्यटनका सुशील घिमिरे, कानुनका भेषराज शर्मा र सञ्चारका ध्रुव शर्मा, सार्वजनिक संस्थान निर्देशन बोर्डका अध्यक्ष बिमल वाग्ले, सशस्त्रका प्रहरी महानिरीक्षक कोषराज वन्त, उपरथीद्वय पवनजंगबहादुर थापा र भिक्टर राणा, एआईजीद्वय ऋषभदेव भट्टराई र पुष्करनाथ रेग्मी, डीआईजीद्वय राजेन्द्रसिंह भण्डारी र विज्ञान शर्मासहित ४३ जनालाई सुप्रवल जनसेवाश्री तथा प्रवल जनसेवाश्री ४९, जनसेवाश्री १६, नेपाल प्रताप सुभुषण ६, नेपाल प्रताप आभूषण २, महापौरख भाष्कर १, नेपाल प्रताप भुषण २, सुकीर्ति पदक ६, वीरता पदक ५, सौर्य पदक २, प्राकृतिक प्रकोप पीडित उद्धार पदक २ जनालाई प्रदान गर्ने घोषणा गरिएको छ ।


No comments:

Post a Comment