Sunday, May 19, 2013

१५ दिनभित्र पाठ्यपुस्तक नपु¥याए कारबाही गर्ने चेतावनी

काठमाडौ, ४ जेठं– सरकारले शैक्षिक सत्र सुरु भएको एक महिना बढी भइसक्ता पनि देशका विभिन्न ठाउ“मा पाठ्यपुस्तक पुग्न नसकेको र विद्यार्थीले पढ्न नपाएको उल्लेख गर्दै १५ दिनभित्र नपु¥याए सम्बन्धित जिम्मेवार अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
‘हेलो सरकार’ मा पाठ्यपुस्तक नपुगेकामा देशका विभिन्न जिल्लाबाट धेरै गुनासा आएपछि सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बा“स्कोटाले शिक्षा सचिव, शिक्षा विभाग, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र साझा प्रकाशनका जिम्मेवार अधिकारीलाई शुक्रबार बोलाई तत्काल पाठ्यपुस्तक तत्काल पु¥याउन निर्देशन दिएका हुन् ।
बा“स्कोटाले करिब ६१ लाख विद्यार्थीले समयमै पाठ्यपुस्तक पाउने अधिकारमा कुठाराधात पु¥याउने उपर कारवाही गर्ने चेतावनी दिदै पाठ्यपुस्तकको बिक्री वितरणमा तीव्रता दिन  निर्देशन दिएका हुन् ।
उनले चालू शैक्षिक सत्रका लागि हालसम्म नपुग रहेको १८ लाख थान पुस्तक १५ दिनभित्र मुद्रण गरी देशभरका विद्यार्थीसम्म पु¥याइसक्न निर्देशन दिएका छन् । उनले साझा प्रकाशनको केन्द्र, ६ वटा क्षेत्रीय कार्यालय र १९ वटा जिल्लास्तरीय कार्यालयहरूले ‘सेट’ नपुगेका पाठ्यपुस्तकहरू ‘पिस’ मा पनि तुरुन्तै बिक्री थाल्न आग्रह गरेका छन् । उनले साझाका दुई हजार एजेन्ट र ५ हजार स्थानीय एजेन्टलाई पाठ्यपुस्तक शीघ्र पु¥याउने गरी परिचालन गर्न र अटेरी गर्ने एवं गैर जिम्मेवारीपूर्वक काम गर्ने एजेन्टको इजाजत तुरुन्तै खारेज गरी कालोसूचीमा राख्न समेत निर्देश गरे ।
सचिव बा“स्कोटाले दार्चुला, रामेछाप, बारा, पर्सा, दाङ, कैलाली, रूपन्देहीजस्ता जिल्लामा बढी समस्या देखिएकोले तत्कालै ती स्थानमा पुस्तक पु¥याउन जनक शिक्षा र साझा प्रकाशनलाई आग्रह गरे ।
बा“स्कोटाले मध्य–पश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलमा ६५–७० प्रतिशतमात्रै पुस्तक पुगेको आफूलाई गुनासो आएकाले ती क्षेत्रमा प्राथमिकता केन्द्रित गर्नसमेत सम्बन्धित अधिकारीलाई आग्रह गरे ।
छलफलका क्रममा जनक शिक्षा सामाग्री केन्द्रका महाप्रबन्धक अनिलकुमार झाले केन्द्रसँग दैनिक १ लाख २५ हजार पुस्तक तयार गर्न सक्ने क्षमता भए पनि नियमित विद्युत् आपूर्ति हुन नसक्ने, समयमा कागज उपलब्ध नहुने र टेन्डरको लामो प्रक्रियामा गुज्रिनुपर्ने कारणले पुस्तक प्रकाशनमा ढिलाइ भएको जानकारी गराएका थिए ।
साझा प्रकाशनकी महाप्रबन्धक ममता झाले मुलुकको दुई तिहाइभन्दा बढी स्थानमा तोकिएकै समयमै पाठ्यपुस्तक पुगिसकेको र केही ठाँउमा पुस्तकको अभाव देखिएकाले छिट्टै पुस्तक पु¥याइने प्रतिवद्धता व्यक्त गरिन् ।
सरकारले जनक शिक्षा सामग्री केन्द्र र साझा प्रकाशनबीच पुस्तक बिक्रीवितरणमा समन्वयका लागि उच्चस्तरमा संयन्त्र तयार गर्नसमेत निर्देशन दिएको छ ।

No comments:

Post a Comment