Tuesday, May 7, 2013

भ्रष्ट कार्कीको नियुक्ति रोक्न माग

काठमाडौं, २४ वैसाख– प्रगतिशील कानुन व्यवसायी एसोसिएसन (पीएलए) ले विवादास्पद छविका शाहीकालीन भ्रष्ट पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीलाई संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा सिफारिस गरेकामा विरोध प्रकट गरेको छ ।
पीएलएले मंगलबार विज्ञप्ति जारी गरी जनआन्दोलनका दोषी, अख्तियारले समेत दोषी बनाएको, अदालतमा मुद्दासमेत विचाराधीन रहेका कार्कीलाई अख्तियारजस्तो भ्रष्टाचार नियन्त्रण गर्ने महत्वपूर्ण निकायमा गरिएको सिफारिस खारेज गर्न माग गरेको छ ।
नेकपा–माओवादी कानुन व्यवसायीहरूको संगठन पीएलले विद्यार्थी, पेसागत संघसंगठन र नागरिक समाजका अगुवाले कार्कीको नियुक्ति रोक्न गरेको विरोध कार्यक्रमप्रति ऐक्यबद्धतासमेत प्रकटको छ ।
‘जनआन्दोलन प्रत्यक्ष दबाउने भूमिकामा रहेको भनी रायमाझी आयोगले दोषी किटान गरेको, स्वयं अख्तियारले समेत दोषी बनाएको तथा अदालतमा मुद्दा विचाराधीन रहेका कार्कीलाई अख्तियारजस्तो महत्वपूर्ण सवैधानिक अंगमा नियुक्ति दिन गरिएको सिफारिसको पीएलए घोर भत्र्सना गर्दछ । उक्त सिफारिस तुरुन्त खारेज गरियोस्’ पीएलएका तर्फबाट संयोजक एकराज भण्डारीद्वारा जारी विज्ञप्तिमा छ ।


No comments:

Post a Comment