Friday, May 24, 2013

बुढी गण्डकी क र ख को बिजुली भारत निर्यात गर्ने प्रस्ताव

भारतीय कम्पनी पटेल इन्जिनियरिङ लिमिटेडले ३९० मेगावाटको बुढी गण्डकी क र ख निर्माण गर्न डीपीआर र ईआईए गरिसकेको छ ।
काठमाडौं, १० जेठ– भारतीय प्रसिद्ध कम्पनी ‘पटेल इन्जिनियरिङ लिमिटेड मुम्बई’ ले भारतमा बिजुली निकासी गर्ने गरी दुइटा जलविद्युत् आयोजना बुढी गण्डकी क र ख निर्माण गर्न जेनेरेसन लाइसेन्स (उत्पादन अनुमतिपत्र) दिन ऊर्जा मन्त्रालयमा आवेदन दिएको छ ।
२ सय ६० मेगावाटको बुढी गण्डकी ख र १ सय ३० मेगावाटको बुढी गण्डकी क आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन (डीपीआर) तयार गरिसकेको र वातावरणीय प्रभाव मूल्यांकन अध्ययन (ईआईए) समेत गरिसकेको उक्त कम्पनीले भारतमा निकासी गर्ने गरी आयोजना निर्माण गर्न जेनेरेसन लाइसेन्सका लागि आवेदन दिएको हो ।
उक्त कम्पनीले नेपालमा नेपाली साझेदार राखी संयुक्त लगानीको ‘नौलोे नेपाल हाइड्रोइलेक्ट्रिक प्रालि’ नामक कम्पनी दर्ता गरी बुढी गण्डकी जलाशययुक्त आयोजनाभन्दा केही माथि निर्माण हुने ती आयोजनाको डीपीआर र ईआईए गरिसकेको छ । उक्त कम्पनीले डीपीआर र ईआईए गर्दा १ अर्ब रुपैया“भन्दा बढी खर्च गरिसकेकोसमेत ऊर्जा मन्त्रालयका अधिकारीले दिए ।
सरकारले स्वीकृति दिएमा ती आयोजना निर्माणका लागि उक्त कम्पनीबाट ७८ अर्ब रुपैया“भन्दा बढी भारतीय लगानी भित्रिनेछ । उक्त कम्पनी सरकारबाट स्वीकृति प्राप्त गर्नासाथ लगानी गर्न तयार रहेकोसमेत उल्लेख गरेको छ ।
ती दुई आयोजनाको दैनिक ६ घन्टा ३ सय ९० मेगावाट नै विद्युत् उत्पादन गर्ने पिकिङ क्षमता छ । यसले गर्दा वर्षायाममा पूरै समय र बढी लोडसेडिङ हुने बेलुकाको समयमा दैनिक ६ घन्टा दुवै आयोजना पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । 
उक्त कम्पनीले ऊर्जामन्त्रालयमा ती आयोजनाबाट उत्पादित बिजुली भारत निर्यात गर्ने अनुमति दिनसमेत आवेदन दिएको छ । आवेदनमा कम्पनीले ती आयोजनाबाट उत्पादित बिजुली खरिद गर्नका लागि भारतीय ऊर्जा दलाल कम्पनी पीटीसीसित कुराकानी अघि बढाएकोसमेत उल्लेख गरेको छ । ती आयोजनाबाट उत्पादित बिजुली पीटीसीमार्फत् भारतमा बेचिनेछ ।
उक्त कम्पनीले विद्युत् प्राधिकरणलाई नेपाल–भारत अन्देशीय प्रसारण लाइन निर्माण नभएसम्मका लागि आफ्ना दुई आयोजनाबाट उत्पादित हुने बिजुली खरिद गर्नसमेत आग्रह गरेको छ । उक्त कम्पनीले अन्तरदेशीय प्रसारण लाइन निर्माण नभएसम्मका लागि ती आयोजनाबाट उत्पादित बिजुली खरिद गरिदिन प्राधिकरणलाई आग्रह गरेको छ । कम्पनीले त्यसका लागि ‘फलब्याक पीपीए’ (भारतमा निर्यात हुन लाग्ने समयसम्मका लागि विद्युत् खरिद सम्झौता गर्नसमेत प्राधिकरणलाई आग्रह गरेको छ । नेपाल–भारतबीच अन्तरदेशीय प्रसारण लाइन पा“च÷६ वर्षमा बनिसक्ने जानकारी प्राधिकरण स्रोतले दिएको छ ।
कम्पनीले ती आयोजनाबाट उत्पादित सबै बिजुली नेपालको आन्तरिक बजारमा खपत नहुने भएकाले आफूले भारतमा पीटीसीमार्फत् निर्यात गर्न लागेको समेत उल्लेख गरेको छ । प्राधिकरणका अधिकारीले उक्त कम्पनीसित अन्तरदेशीय प्रसारण लाइन निर्माण नभएसम्मका लागि उक्त कम्पनीसित फलब्याक पीपीए खरिद गर्न आफूहरू रहेको जानकारी दिए । भारतमा निर्यात सुरु भएपछि पनि उक्त कम्पनीले नेपाललाई लोडसेडिङ मुक्त गर्न आवश्यक बिजुली दिन सक्नेसमेत उल्लेख गरेको छ ।
नेपालको ढल्केबरबाट भारतको मुजफ्फरपुरसम्म अन्तरदेशीय प्रसारण लाइन निर्माण कार्य सुरु भइसकेको छ भने दोस्रो अन्तदेशीय प्रसारण लाइन भारतको गोरखपुरदेखि नेपालको रूपन्देहीसम्म निर्माण गर्न दुई देशबीच सहमति भइसकेको छ । दोस्रो अन्तरदेशीय प्रसारण लाइनबाट नजिक पर्ने यी दुई आयोजनाबाट उत्पादित बिजुली रूपन्देहीबाट गोरखपुरसम्मको अन्तरदेशीय प्रसारण लाइनमा जोडेर भारत निर्यात गर्ने योजना कम्पनीको छ ।
प्राधिकरणले भारतीय अर्को कम्पनी भिलबार्डाले निर्माण गर्न लागेको १२० मेगावाटको लिखु र ५० मेगावाटको बलेफी आयोजनासित भारतमा निकासी गर्न प्रसारण लाइन निर्माण नभएसम्मका लागि विद्युत् खरिद खरिदिने फलब्याक पीपीए गरिसकेको छ । पटेल इन्जिनियरिङ लिमिटेड मुम्बईले प्राधिकरणसित त्यस्तै विद्युत् खरिद सम्झौता गर्न प्रस्ताव गरेको हो ।

No comments:

Post a Comment