Thursday, May 16, 2013

फिदिम र चौरजहारीमा सहर विकास गरिने

काठमाडौं, २ जेठ– सरकारले पूर्वी र मध्यमाञ्चलका एक/एक पहाडी जिल्लामा व्यवस्थित रूपमा सहर विकास गर्ने निर्णय गरेको छ । सरकारले पूर्वी पहाडी जिल्ला पा“चथरको फिदिम र मध्यपश्चिमको रुकुमको चौरजहारीमा सहर विकास गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले ती दुवै ठाउ“मा व्यवस्थित बस्ती विकास गरी सहर विकास गर्नका लागि आवश्यक जग्गा उपलब्ध गराउने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री माधव पौडेलले दिए ।
विश्व बैंकले साढे छ अर्ब सहयोग गर्ने
विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाले मुलुकमा व्यापार तथा यातायात सहजीकरण आयोजनाका लागि ऋण तथा अनुदान गरी ८ अर्ब ६७ करोड २४ लाख रुपैया“ सहयोग गर्ने भएको छ । सरकारले उक्त सहयोग स्वीकार गर्ने निर्णय गरी त्यससम्बन्धी सम्झौता गर्न वार्ता टोली गठन गरेको छ ।
दुई जनालाई बढुवा
सरकारले न्याय सेवाका सबभन्दा वरिष्ठ सहसचिव युवराज सुवेदीलाई विशिष्ट श्रेणीमा र वरिष्ठ उपसचिव लक्ष्मीराम ढुंगानालाई सहसचिवमा बढुवा गरेको छ । सहसचिव र उपसचिव भएको १५ वर्ष पूरा भएका सहसचिव सुवेदी र ढुंगानालाई माथिल्लो तहमा बढुवा गरेको हो । दुवै जनाले दुई महिनापछि नै ५८ वर्ष पूरा गरी अनिवार्य अवकास पाउ“दैछन् ।
फिन्ल्यान्डको पुरस्कार लिन स्वीकृति
मन्त्रिपरिषदले फिनल्यान्डका राष्ट्रपति सावली निमिस्तोबाट काठमाडौं महानगरपालिका–४ निवासी मिनबहादुर राउतलाई प्रदान गरिने पुरस्कार ‘दी अर्डर अफ दी लाइन अफ दी फिनल्यान्ड (प्रथम श्रेणी)’ स्वीकार गर्न स्वीकृति दिएको छ ।

No comments:

Post a Comment