Thursday, May 30, 2013

सुरुङ मार्गमा गाडी गुडाउन १८० देखि ४५ सय शुल्क लाग्ने

सुरुङमार्गले वार्षिक ३० अर्ब रुपैया“को इन्धन र समय तीन÷चार घन्टा बचत हुने
काठमाडौं, १५ जेठ– नेपाल पूर्वाधार विकास कम्पनीले चार वर्षभित्रमा काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ मार्ग निर्माण गर्ने र सन् २०१६ देखि त्यहा“बाट ओहोरदोहोर गर्ने गाडीमा घटीमा १ सय ८०.८ र बढीमा ४ हजार ५ सय २० रुपैया“ (भ्याटसहित) शुल्क लिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालयले आफैंले गठन गरेको प्राविधिक कार्यदलले पूर्वाधार कम्पनी सुरुङ मार्ग निर्माणका लागि प्राविधिक र आर्थिक दृष्टिले असक्षम रहेको भनी दिएको प्रतिवेदनलाई बेवास्ता गरी बुट प्रणालीमा निर्माणको अनुमति दिएको हो ।
कम्पनीले निर्माण, सञ्चालन र हस्तान्तरण (बुट प्रणाली) मा चार वर्षमा निर्माण गर्ने र ३० वर्ष सञ्चालन गर्ने शर्तमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसित सम्झौता गरी एक साताअघि अनुमतिपत्र लिएको हो ।
मन्त्रालयसित भएको सम्झौतामा कम्पनीले चार वर्षमा उक्त मार्ग निर्माण सम्पन्न गरेपछि बाटामा ढा“ट राखी त्यहा“बाट गुड्ने सबै गाडीमा ३० वर्षसम्म उठाउने वर्षेनि तोकिएको दरमा शुल्क बढाउ“दै जान पाउने व्यवस्था गरिएको छ ।
सम्झौताअनुसार कम्पनीले ५५ किमी लामो चार लेनको उक्त मार्गमा पहिलो वर्ष मोटरसाइल÷साइकलसित १ सय ८१, कार, जिप, भ्यानसित ९ सय ४, बससित २ हजार ३ सय ७३, मिनिबससित १४ सय १२.५, माइक्रोबससित १ हजार १ सय ३०, हेभी (मल्टिएक्सल) ट्रक (३ एक्सल) सित ३ हजार २ सय २७ तथा ३ एक्सलभन्दा ठूलो ट्रकसित ४ हजार ५ सय २०, ट्रकसित २ हजार ४ सय ८६ र मिनी ट्रकसित १ हजार ४ सय ६९ रुपैया“ शुल्क उठाउनेछ । उक्त मार्गमा विभिन्न खण्डको थोरै दुरीमा गुड्ने गाडीको शुल्कसमेत सम्झौतामा तोकिएको छ ।
कम्पनीले उक्त मार्गमा गुड्ने गाडीमा सन् २०१७ देखि २०१९ सम्म वर्षेनि ३.५, सन् २०२० देखि २०२४ सम्म ५.५, सन् २०२६ देखि २०२९ सम्म ७.५, सन् २०३० देखि सन् २०३४ सम्म ८.५, सन् २०३५ देखि २०३९ सम्म ९.५ र सन् २०४० देखि २०४३ सम्म १०.५ प्रतिशतका दरले बढाएर शुल्क उठाउन पाउने सम्झौतामा उल्लेख छ । सन् २०४६ सालमा अर्थात् ३० वर्ष सञ्चालन गरी शुल्क उठाएपछि कम्पनीले पूर्वाधार संरचनाको निर्माण तथा सञ्चालनमा निजी लगानीसम्बन्धी ऐनअनुसार उक्त मार्ग चालू हालतमा सरकारलाई बुझाउनुपर्नेछ ।
सम्झौताअनुसार कम्पनीले अनुमतिपत्र प्राप्त गरेको मितिदेखि परियोजना कार्यान्वयन सुरु गरी सन् २०१६ को डिसेम्बर अन्तमा निर्माण कार्य सम्पन्न गर्नेछ । सन् २०१६ लाई आधार वर्ष मानी गाडीको शुल्क निर्धारण गरिएको हो ।
पृथ्वी राजमार्ग हु“दै हेटौंडा पुग्न २ सय २३ किमीको सट्टा यो मार्गबाट ५८ किमीमा हेटौंडा पुगिनेछ । काठमाडौंबाट निजगढ जोड्ने फास्ट ट्रयाक नबनी सुरुङ मार्गमात्र बनेमा वर्षको ३० अर्ब रुपैया“को बराबरको इन्धन बचत हुनेछ । फास्ट ट्रयाक बन्यो भने यो मार्गबाट वर्षेनि १० देखि १२ अर्ब रुपैया“ बचत हुनेछ ।
कारबाट हेटौंडाबाट नारायणगढ हु“दै काठमाडौं आउनुभन्दा यो सुरुङमार्गबाट आउ“दा हालको मूल्यमा इन्धन कम खपत कम भई ८ सय र हेभी ट्रकमा ३ हजार रुपैया“सम्मको इन्धन बचत हुने जानकारी भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसी सिटौलाले जानकारी दिए । उनका अनुसार ट्रकमा सुरुङमार्गबाट हेटौंडा जा“दा चार र कारमा तीन घन्टा समय बचत हुन्छ । समय र इन्धन दुवै ठूलोमात्रामा बचत हुने र निजी क्षेत्रले आफ्नै लगानीमा बनाउने हुनाले उसलाई तीस वर्षसम्म शुल्क उठाउन दिइएको जानकारी मन्त्रालयका अधिकारीले दिए । 
सम्झौतामा गाडीको शुल्कमा जतिका दरले हरेक वर्ष वृद्धि हुने प्रावधान राखिएको छ, त्यसअनुसार सन् २०४३ सम्म गाडीको शुल्क ७ सय ३० प्रतिशतसम्म बढ्नेछ । हरेक वर्ष बढ्दै गई मोटरसाइलको शुल्क १८०.८ बाट बढेर सन् २०४३ मा १३ सय २० रुपैया“ पुग्नेछ भने ३ एक्सलभन्दा ठूला ट्रकको शुल्क ३७ हजार ५ सय रुपैया“भन्दा बढी हुन पुग्नेछ ।
वार्षिक शुल्क वृद्धिका सम्बन्धमा सरकारले र कम्पनीले चाहेमा पूर्वाधार संरचना शुल्क पुनरावलोकन बोर्डको सिफारिसमा घटाउन या बढाउन सक्ने प्रावधानसमेत सम्झौतामा राखिएको छ । सम्झौताअनुसार सरकारले कम्पनीलाई सहुलियतस्वरूप निर्माणका क्रममा प्रयोग हुने उपकरणहरूमा १ प्रतिशत भन्सार लिई बा“की भन्सार महसुल छुट दिनेछ ।
बल्खुबाट बन्ने काठमाडौ–कुलेखानी–हेटौंडा मार्ग ५८ किमी हुनेछ । उक्त मार्गमा प्रतिघन्टा सालाखाला ८० किमीका गतिमा गाडी गुडाउन सकिने सम्झौतामा उल्लेख छ । काठमाडौं–हेटौंडासम्मको ८० किमीको दुरीलाई ४.५ किलोमिटरको सुरुङका कारण उक्त मार्ग २२ किमी छोटो हुन पुग्नेछ ।



No comments:

Post a Comment