Tuesday, May 28, 2013

उपराष्ट्रपति झा चीन जाने

काठमाडौं, १४ जेठ– उपराष्ट्रपति परमान्द झा चिनिया“ सरकारको निम्तामा आगामी जेठको चौथो साता चीन भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले उपराष्ट्रपतिको चीन भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
उपराष्ट्रपतिले जेठ २१ गतेदेखि २६ सम्म चीनको भ्रमण गर्ने कार्यक्रम छ । उनी चिनिया“ सरकारको निम्तामा चीनको युनान राज्यको कुन्मिङ सहरमा हुने ‘चाइना साउथ एसिया एक्स्पो’ मा सहभागी हुनेछन् । झाको भ्रमण दलमा उपराष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरू रहनेछन् ।
उपराष्ट्रपतिको चीनको राजधानी बेइजिङसमेत जाने कार्यक्रम छ । उनको चिनिया“ उपराष्ट्रपतिलगायतका नेतास“ग राजनीतिक भेटघाट गर्ने हुने सम्भावना छ । तर, राजनीतिक भेटघाटको समय भने तय हुन बा“की रहेको जानकारी परराष्ट्र मन्त्रालय स्रोतले दिएको छ ।




No comments:

Post a Comment