Thursday, May 30, 2013

शर्मा यातनाविरुद्धको राष्ट्रसंघीय समितिमा उम्मेदवार हुने

मन्त्रिपरिषद बैठक
काठमाडौं, १६ जेठ– सरकारले मुलुकमा लामो समयदेखि यातनापीडित नागरिकको उद्धार र न्याय दिलाउने कार्य गर्दै आएका डा. भोगेन्द्र शर्मालाई यातनाविरुद्धको संयुक्त राष्ट्रसंघीय समितिको रिक्त सदस्य पदमा नेपालका तर्फबाट उम्मेदवार बनाउने भएको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैटकले यातनापीडित सरोकार केन्द्र (सिभिक्ट) का अध्यक्ष शर्मालाई यातनाविरुद्धको संयुक्त राष्ट्रसंघीय समितिको सदस्यमा उम्मेदवारका रूपमा मनोनयन गर्ने निर्णय गरेको जानकारी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले जानकारी दिए ।
उनका अनसार मन्त्रिपरिषदले उनको उम्मेदवारीलाई लिएर विभिन्न मुलुकमा रहेका नेपाली कूटनीतिक नियोगहरूलाई परिचालन गरी सदस्यमा जित्ने विश्वव्यापी वातावरण बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।
दसैं, तिहार र छठमा चिनी अभाव नहुने
सरकारले प्रमुख चाडपर्ब दसैं, तिहार र छठका समयमा मुलुकमा चिनीको अभाव हुन नदिन वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका संस्थानहरूलाई विदेशबाट ३० हजार हजार मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको छ ।
यसअघि दसैं, तिहार र छठको समयमा मुलुकमा चिनीको अभाव हुनुका साथ मूल्य आकासिने र कालोबजारीले फाइदा उठाउने गर्थे । यसपटक त्यस्तो अवस्था आउन नदिन मन्त्रिपरिषदले आगामी कात्तिक महिनाभित्र एक प्रतिशत भन्सार महसुलमा ३० हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिने निर्णय गरेको हो ।
खानेपानीको महाप्रबन्धकमा ढकाल
मन्त्रिपरिषदले सार्वजनिक संस्थान निर्देशन बोर्डको सिफारिसमा नेपाल खानेपानी संस्थानमा रिक्त रहेको महाप्रबन्धक पदमा गोरखाका अर्जुनबाबु ढकाललाई चार वर्षका लागि नियुक्त गरेको छ । बोर्डले गरेको खुल्ला प्रतिस्पर्धाबाट उनी छानिएका हुन् ।
कार्यकारी निर्देशकमा रिजाल
सरकराले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको रिक्त कार्यकारी निर्देशक पदमा जीवनप्रसाद रिजाललाई नियुक्ति गरेको छ ।
खोजी गर्न जानेलाई आरोहण शुल्क मिनाहा
सरकारले मनास्लु हिमालमा हराइरहेका फ्रान्सेसी नागरिक बिगोरी कोस्टाको खोजी गर्न निजका बाबु ग्राड कोस्टासहित तीन सदस्यीय फ्रान्सेसी टोलीलाई उक्त हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर सात हजार अमेरिकी डलर छुट दिएको छ ।




No comments:

Post a Comment