Sunday, May 19, 2013

मिडिया सोसाइटीद्वारा श्रेष्ठमाथि आक्रमण गर्नेविरुद्ध कारबाहीको माग

काठमाडौं, ४ जेठ– नेपाल मिडिया सोसाइटीले नेकपा–माओवादी निकट मजदुर संघका नाममा आएको समूहले उत्सर्ग प्रकाशन प्रालि, राजधानी दैनिकका प्रशासन प्रमुख देव श्रेष्ठमाथि आक्रमण गरी ज्यान मार्ने धम्की दिएको घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ ।
सोसाइटीका तर्फबाट महासचिव उज्ज्वल शर्माले शनिबार विज्ञप्ति जारी गरी श्रेष्ठमाथि आक्रमण भएको र ज्यान मार्ने धम्की दिइएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त घटनामा संलग्न दोषीलाई अविलम्ब कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाही गर्न सरकारसित माग गरेको छ ।
‘सोसाइटी यस्ता धाक, धम्की, गुण्डागर्दी तथा आपराधिक क्रियाकलापको घोर निन्दा एवं भत्सर्ना गर्छ’ भन्दै सोसाइटीले सञ्चारकर्मी र सञ्चार गृहको सुरक्षाको प्रत्याभूति दिलाउ“दै भविष्यमा यस्तो प्रेस स्वतन्त्रता विरोधी घटना दोहोरिन नदिन सरकारसित जोडदार माग गरेको छ ।

नेपाल मिडिया सोसाइटीको प्रेस विज्ञप्ति
नेकपा-माओवादीनिकट मजदुर संघको नाममा आएको समूहले उत्सर्ग प्रकाशन प्रा.लि., राजधानि दैनिकका प्रशासन प्रमुख देव श्रेष्ठमाथि आक्रमण गर्नुका साथै ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल मिडिया सोसाइटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
सोसाइटी यस्ता धाक धम्कि, गुण्दागर्दी तथा आपराधिक क्रियाकलापको घोर निन्दा एवम भत्र्सना गर्दछ । यस घटनामा संलग्न दोषि लाई अबिलम्ब कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न तथा सञ्चारकर्मी र सञ्चारगृहरुको सुरक्षाको प्रत्याभुति दिलाउदै भविष्यमा समेत यस्ता प्रेस स्वतन्त्रता विरोधि घटना नदोहरीन दिन नेपाल मिडिया सोसाइटी सरकारसंग जोडदार माग गर्दछ ।

मिति : ४ गते जेष्ठ २०७०
उज्ज्वल शर्मा
महासचिव
नेपाल मिडिया सोसाइटी


No comments:

Post a Comment