Sunday, November 10, 2019

‘कोषमा योगदान गर्नेलाई करोडसम्म ऋण’

काठमाडौं, २३ कात्तिक– सरकारले सामाजिक सुरक्षा कोषमा योगदान (नियमित रकम जम्मा) गर्नेहरूलाई एक करोड रुपैया“सम्मको ऋण दिने तयारी थालेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले जस्तै सामाजिक सुरक्षा कोषमा योगदान गरेकाहरूलाई समेत घरजग्गा खरिद र निर्माण तथा शैक्षिक ऋण प्रदान गर्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले जानकारी दिए । 
सिंहदरबारमा शनिबार गैरसरकारी संस्था महासंघ, उपभोक्ता महासंघ, कर्मचारी सञ्चय कोषलगायत पदाधिकारीस“गको छलफलमा उनले सामाजिक सुरक्षा कोषमा योगदान गर्नेहरूको मागलाई ध्यानमा राखेर घरजग्गा सापटी बढीमा १ करोड र शैक्षिक कर्जाबापत बढीमा ३५ लाख ऋण दिने कार्यविधिको मस्यौदा मन्त्रालयले तयार गरिरहेको बताए ।
ऋण प्रवाह गर्ने विषय कोषको अवधारणासँग मेल नखाए पनि विभिन्न निकाय र योगदानकर्ताको सुझावका आधारमा मन्त्रालयले घरजग्गा र शैक्षिक कर्जा दिने कार्यविधिको मस्यौदा तयार गर्न थालेको उनको भनाइ छ ।

No comments:

Post a Comment