Monday, November 25, 2019

मतपत्र सम्बन्धित ठाउँमा पु¥याइयो : आयोग

काठमाडौं, ८ मंसिर– निर्वाचन आयोगले मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मतपत्र र मतदाता परिचयपत्र सम्बन्धित सबै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पु¥याइसकिएको जनाएको छ ।
नेपाली सेनाले मतपत्र र मतदाता परिचयपत्र उपनिर्वाचन हुने ३७ जिल्लामध्ये सुगमस्थानमा गाडीबाट र दुर्गममा हेलिकप्टरको माध्यमबाट ढुवानी गरी पु¥याएको जानकारी आयोगले आइतबार दिएको छ ।
आयोगका अनुसार संवेदनशील निर्वाचन सामग्री भएकाले मतपत्र र मतदाता परिचयपत्र ढुवानीको जिम्मा सेनालाई दिइएको हो । प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ र स्थानीय तहका ४८ पदका लागि २ सय ७३ जना उम्मेदवार छन् ।

No comments:

Post a Comment