Friday, November 29, 2019

सागमा दुई दिन गाडीमा जोर र बिजोर प्रणाली

काठमाडौं, १२ मंसिर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा राजधानीको चक्रपथभित्र ट्राफिक जाम हुन नदिन सबै निजी तथा सार्वजनिक सवारी साधनमा दुई दिन जोर र बिजोर प्रणाली लागू गरिने भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र सागको उद्घाटनका दिन मंसिर १५ मा बिजोर र समापनका दिन मंसिर २४ गते जोर नम्बर प्लेटका गाडीमात्र चलाउन दिने भएको छ ।
महाशाखाले सागको उद्घाटन र समापनका दिन ट्राफिक जाम हुन नदिन दुई दिन जोर र बिजोर प्रणाली लागू गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय सागको डेलिगेसन कार्ड भएका गाडी र अत्याावश्यक सवारी साधन दमकल, एम्बुलेन्स, पानी बोकेका गाडीमा लागू नहुनेसमेत महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले ठूला मालवाहक सवारी साधनलाई चक्रपथभित्र प्रवेश नगराउनसमेत आग्रह गरेको छ ।

No comments:

Post a Comment