Wednesday, November 27, 2019

सवा ७ लाख भ्रष्टाचार गर्नेविरुद्ध मुद्दा

काठमाडौं, १० मंसिर– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको मोहन कन्या माध्यमिक विद्यालयमा भवन तथा शौचालय निर्माणका क्रममा सवा ७ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै संलग्नविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज ढकाल, प्रधानाध्यापक दीपकप्रसाद ज्ञवाली, पूर्वप्रधानाध्यापक केशलक्ष्मी श्रेष्ठ र तत्कालीन जिल्ला शिक्षा कार्यालय पाल्पाका सब–इन्जिनियर रामस्वरूप चौधरीले निर्माणका क्रममा नक्कली बिलभर्पाइ पेस गरी ७ लाख ३० हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बारा जिल्लाको प्रहरी चौकी गञ्जभवानीपुरका सई (प्रहरी नायब निरीक्षक) जटाशंकरप्रसाद कलवारविरुद्ध समेत मंगलबार नै भ्रष्टाचार मुद्दा दायर गरेको छ । कलवारले भारतीय सीमा बजारबाट मालसामान ल्याउन सहज गराइदिने नाममा सेवाग्राहीस“ग ६० हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment